काठमाडौं । नेकपा एमालेले चितवन जिल्ला बन्दको आह्वान गरेको छ । भोली जेठ १८ गतेको लागि नेकपा एमालेले चितवन बन्दको आह्वान गरेको हो ।
एमाले जिल्ला अध्यक्ष तथा सांसद कृष्ण भक्त पोखरेलले विज्ञप्ति जारी गर्दै बन्दको आह्वान गरेका हुन् । चितवनको भरतपुर महानगरपालिकामा भएको निर्वाचन पश्चात मतगणनाको क्रममा एमाले र माओवादीबीच विवाद भएपछि उग्र रुप लिएको थियो । विवादपछि माओवादी कार्यकर्ताले मत पत्र च्यातेको एमालेले आरोप लगाएको छ । विवादपछि स्थगित भएको मतगणना अहिलेसम्म सुचारु हुन सकेको छैन । नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले विवादीत वडा नम्बर १९ मा फेरी मतदान गर्न माग गरेका छन् । यता नेकपा एमालेले भने पुन ः मतगणनाको माग गरेको छ । यही विषयलाई लिएर एमालेले संसद समेत अवरुद्ध गरेको छ ।