पोखरा, चैत १८ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनमा सवै शक्ति एकजुट भएर आए पनि एमाले एक्लै भिड्न तयार रहेको बताएका छन् ।
एमाले कास्कीले शुक्रबार पोखरामा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले एमालसंग डराएरै चुनाव भाँड्ने षडयन्त्र पनि भइरहेको जिकीर गरे ।
केही शक्तिहरु व्यक्तिगत स्वार्थका लागि चुनाव भाँड्ने र अस्थिरता लम्ब्याउने खेलमा लागेको भन्दै ओलीले घरभित्रको झगडा लिएर विदेशी सामु लम्पसार पर्नेहरुले देशलाई बर्वाद गर्न खोजेका छन् भने ।
सरकारले नेपाल प्रहरीको महानिरीक्षक समेत नियुक्त गर्न नसक्ने सरकारको औचित्य सकिएको भन्दै उनले लामो समयदेखि महालेखा परिक्षक र अख्तियारमा आयुक्तहरु समेत नियुक्त हुन नसकेको बताए ।
स्रोत : इमेजखवर डटकम