रौतहट/सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना सेवा इकाई गढीमाई नगरपालिका, रौतहटद्धारा ३ दिने अभिमुखीकरण तालिम संचालन भएका छन् । ३ दिने तालिममा न.पा.का कम्पयूटर अपरेटर, वार्ड सचिव, सेवा प्रदायक, संस्थाका प्रतिनिधि सहित ३० जना सहभागिता रहेको पंजीकरण शाखाका प्रमुख हरेन्द्र साहले बताए ।
नेपालमा विधिवत २०३४ साल बैशाख १ गते देखि व्यक्तिगत घटना दर्ता प्रारम्भ भए पश्चात अहिले सम्म गरिएका सम्पूर्ण घटना जन्म, विवाह, बसाईसराई, सम्बन्ध विच्छेद र मृत्यु जस्ता घटना दर्ता प्रकृयालाई अनलाईन प्रणाली मार्फत प्रविष्ट गर्न सरकारको लक्ष्य रहेको छ । सो कार्यलाई गति दिन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवद्धारा उदघाटन गर्नु भएको छ । सो उदघाटन समारोहमा प्रत्येक वडामा भए गरेको घटनाको किताबको ढुंगाबाट होईन डिजिटल प्रणालीबाट हुनु पर्नेमा जोड दिनु भयो ।
सो तालिममा पंजीकरण शाखाका प्रमुख हरेन्द्र साह एवं आईटी अफिसर कृष्ण कान्त यादवले डिजिटाईजेशन प्रविधिद्धारा गर्नुपर्ने सहभागी भएका ३० जना सहभागीहरुलार्ई खुलेर तालिम लिन आग्रह गरेको, सो तालिमका प्रस्तुत कर्ता जितेन्द्र रौनियारले गर्नु भएको थियो ।