२१ बैशाख, चितवन । कृष्ण सिटौला पक्षको विरोधका बीच नेपाली कांग्रेसले भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवारी फिर्ता लिएको छ । सत्ता साझेदार नेकपा माओवादी केन्द्रसँगको सहमति अनुसार कांग्रेसले दिनेश कोइरालाको उम्मेदवारी फिर्ता लिएको हो । कांग्रेसले निर्वाचन कार्यालयमा पत्र पठाएर कोइरालाको उम्मेदवारी फिर्ता लिइएको जानकारी गराएको हो ।पत्रमा कांग्रेस सभापति शेरबहादुर देउवाकाे हस्ताक्षर छ । कांग्रेस र माओवादीबीच तीन ठूला महानगरमा चुनावी तालमेलको सहमति भएको छ । जस अनुसार काठमाडौं र पोखराको मेयरमा माओवादीले कांग्रेसलाई समर्थन गरेको छ भने भरतपुरमा कांग्रेसले माओवादीलाई समर्थन गरेको छ ।