काठमाण्डु, ९ जेठ – दिउँसो बस्ने भनिएको संसदको वैठक साँझ ५ बजे सम्मका लागि सुचना टाँसेर स्थगित गरिएको छ । प्रमुख प्रतिपक्षि दल नेकपा एमालेले विरोध गरिरहेकाले प्रचण्ड छलफलमा व्यस्त छन् । त्यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन गरी स्थानीय तह थप्ने सरकारको निर्णयमा आपत्ति जनाएका छन्। उनले प्रेस विज्ञप्तिमा लेखेका छन्, ‘पहिलो चरणको निर्वाचन सम्पन्न भइ अधिकांश स्थानको निर्वाचन परिणाम घोषणा भइसकेको अवस्थामा गरिएको यो निर्णय निर्वाचन क्षेत्रको दूराशयपूर्ण हेराफेरीको नमुना हो ।’