२९ असोज, काठमाडौं । पाँच लाख घुस काण्डमा महानगरीय प्रहरी वृत बालाजुका डीएसपी नविनकृष्ण भण्डारी पनि तानिएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डीएपीलाई बोलाएर सोधपुछ गरेको हो । बालाजुका प्रहरी सहायक निरीक्षक चन्ऽ सिंह भाट, बाल सुधार गृह भक्तपुरमा कार्यरत प्रहरी जवान पुष्कर शाहले तार्केश्वरका बिनोद थापासँग मिलेर सेवाग्राहीसँग ५ लाख घुस मागेका थिए । अख्तियारको टोलीले उनीहरुलाई आठ गते भाटकै कार्यकक्षबाट नियन्त्रणमा लिएको थियो ।