२७ वैशाख,विराटनग । सरकारी स्रोतसाधानको दुरुप्रयोग गर्दै स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ्गले मोरङको रंगेली नगरपालिकास्थित सिद्धार्थ टाईम्स हस्पिटल प्रा.लिको उद्घाटन गरेका छन । सरकारी स्रोत्र साधानको प्रयोग गर्दै नीजी स्तरको अस्पताल उद्घाटन गर्न स्वास्थ्य राज्य मन्त्री गुरुङ्ग रगेली पुगेका थिए ।
स्थानीय विक्रम मण्डल लगायतको टोलीको लगानीमा सञ्चालनमा ल्याइएको सिद्धार्थ टाईम्स हस्पिटलको स्वास्थ्य राज्य मन्त्री गुरुङ्गलेे रिविन काटेर उद्घाटन गरेका थिए । निर्वाचन आचरसहिताले वहालवाला मन्त्रीलाई सरकारी एव नीजी कुनै संरचनाको उद्घाटन गर्न नपाइने उल्लेख छ । जिल्ला अस्पताल रंगेलीको अनुगमनमा पुगेको स्वास्थय राज्य मन्त्री गुरुङ्गले सोही अवसरमा सिद्धार्थ टाईम्स हस्पीटल उद्घाटन गरेका हुन । उनले पहिला सिद्धार्थ टाईम्स हस्पीटलको उद्घाटनपछि जिल्ला अस्पतला रंगेली पुगेका थिए । स्वास्थ्य राज्य मन्त्री गुरुङ्गले अस्पताल उद्घाटपछि भाषण समेत दिएका थिए । क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी भक्त भट्टराईले बहालवाल मन्त्रीलाई जिल्ला सदरमुकामसम्म जान अनुमति प्रदान गरेपनि जिल्ला वाहिर जान समेत अनुमति नरहेको प्रष्ट पारे । बहालवाल मन्त्रीले निर्वाचन आचरसंहिता लागु भईसकेको अबस्थामा कुनै पनि निजी एव सरकारी कार्यालयको उद्घाटन एव भाषण गर्न बन्देज लगाएको जानकारी दिए । कार्यक्रममा सहभागी हुनपनि अनुमति लिनुपर्ने प्रावधान रहेको बताउँदै उनले सदरमुकाम विराटनगरबाहिर रंगेलीमा पुगेर अस्पतालको उद्घाटनमा सरिक हुन निर्वाचन आचरसहिता अनुसार प्रावधानले नमिल्ने बताए ।