२२ साउन, रौतहट । रौतहटको गरुडा नगरपालिकामा खाल्डोमा डुबेर चार बालिकाको ज्यान गएपछि सडक बनाउने जिम्मा पाएको ठेकेदारलाई प्रहरीले पक्राउ गरेको छ ।ठेकेदार मध्येका एक प्रल्हाद साहलाई प्रक्राउ गरिएको हो । ठेकेदारले सडक बनाउँदा खाल्डो खनेको र खाल्डो नपुरेकाले जमेको पानीमा डुबेर बालिकाहरुको मृत्यु भएको भन्दै स्थानीयले विरोध जनाएका छन् । गत जेठमा दुर्गा निर्माण सेवाले सडक निर्माण गर्ने क्रममा खाल्डो खनेको थियो ।बालिकाहरुको शव पोष्टमार्टम गरेर आइतबार आफन्तले जिम्मा लिएका छन् । शव बुझेलगत्तै पीडित पक्षले गरुडा नगरपालिकाको कार्यालय अगाडि बाटोमा शव राखेर करिब दुई घण्टा सडक जाम गरेका थिए ।एसपी यज्ञविनोद पोखरेलको पहलमा भएको वार्तामा मृतक परिवारलाई किरियाखर्च वाफत १५ हजार रुपैयाँ दिने र दोषीलाई कारबाहीको प्रक्रिया अघि बढाउने सहमति भएपछि बाटो खुलाइएको थियो । पीडित परिवारले आज बालिकाहरुको अन्तिम संस्कार गर्ने तयारी गरेको छ ।शनिबार खाल्डोमा जमेको पानीमा डुबेर गरुडा नगरपालिका-४ का राम एकवालकी छोरी १२ वर्षीया सुनिता साह, नौ वर्षीया संगिता साह, जोगेन्द्र साहकी नौ वर्षीया छोरी सुनैना शाह र प्रेम साहकी नौ वर्षीया छोरी सुश्मिता साहको मृत्यु भएको थियो ।
दुर्गा सडक निर्माण गर्ने ठेकेदार पक्राउ,बालिकाको शव सडकमा राखेर प्रदर्शन
दुर्गा सडक निर्माण गर्ने ठेकेदार पक्राउ,बालिकाको शव सडकमा राखेर प्रदर्शन
Advertisement