रामएकवाल साह/रौतहट/जेष्ठ ५ गते
विद्याका मन्दिर सरकारी र निजि विद्यालय हुन । यस विद्यालयमा कयौ विद्यार्थी साक्षर हुन्छ । तर बेथिति कुरा सुन्दा अचम लाग्छ रौतहट गौर ५ मा अवस्थित सनसाईन बोडिङ्ग स्कुलका संचालक दिनेश कुमार महतोले लाखौ रुपैया बक्यौता रकम र समान सारी फरार भएका छन् । ५ वर्ष देखि नेपाल रेडक्रस सोसाईटीको पुरानो भवन भाडामा लिई घरभाडा, विजुली र पानीको बक्यौता समेत राखी प्रतिनिधि सभा निर्वाचनको मौका छोपी रु.१२०१४२७।– नतिरि रातिको समयमा सबै कोठामा सानो ताल्चा लगाई सबै सरसमान लगी फरार भएकोमा रौतहट रेडक्रस शाखालाई कुनै जानकारी नदिई समाजिक सेवामा काम गर्दै रहेका रेडक्रस जस्तो पवित्र संस्थाको रकम डुबाउनु विद्याको मन्दिर रहेको निजि स्कुलले जग हसाएको छ । केही वर्ष देखि घरभाडा, विजुली र पानी बिलको रकम ताकेदा गर्दा गर्दै रहेता पनि समाजिक सेवामा काम गर्ने संस्थाको बक्यौता राखेकोमा रेडक्रसका सभापति राजकिशोर प्रसाद यादवले दुःख पोखेका छन् । बाँकी बक्यौता रकम असुल गर्नु पर्ने जिल्ला प्रशासन कार्यालय रौतहटमा निवेदन दर्ता गराई जिल्ला प्रहरी कार्यालय मार्फत बक्यौता रकम असुल र फरार रहेको व्यक्तिलाई खोजी गरी रकम असुल गर्नु पर्ने कार्यवाही गर्न समेत पत्राचार गरेको हो । राैतहत जिल्ला प्रहरी कार्यालयले समाजिक सेवा जस्तो पवित्र संस्थाको बाँकी बक्यौता रकम असुल गर्नमा पनि कुनै चासो नदिएको रेडक्रसका प्रशासन प्रमुख कपिलदेप पंडितले दुःख व्यक्त गरेका छन् । घरभाडा रु.८२६७६१।–, विुजली बिल रु.२६३०३८।– र पानीको बील रु.१११६६८।– बाँकी रहेको हो । सनसाईन बोर्डिङ्ग स्कुल गौर ५ मा अवस्थित पुरानो रेडक्रस भवनमा कोठाहरुमा ताल्चा लगाइएकोमा कानून अनुसार ताल्चा खुलाउनमा रौतहट जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि, सम्बन्धित वडा कार्यालयका वडा अध्यक्ष शिवशंकर यादव, सचिव रवि राउत, रौतहट रेडक्रसका सभापति राजकिशोर प्रसाद यादव, प्रशासन प्रमुख कपिलदेव पंडित, संस्थाका सदस्य बाल किशोर प्रसाद जैसवाल, पत्रकार महासंघका प्रतिनिधिहरुको रोहवरमा लगाइएको ताला खुलाइएको रेडक्रसका सभापति राजकिशोर प्रसाद यादवले बताएका छन् ।


