नरेन्द्र साह, रौतहट, १ मंसिर । राजपा फोरमका बागी उमेदवार बबन सिंहले मधेशवादी दलका नेताले परिवारको लागि मात्र राजनिति गरेको आरोप लगाएका छन् । निर्वाचन क्षेत्रको चुनावी अभियान अन्तर्गत हजमीनिया चौकमा आयोजित कोण सभालाई सम्वोधन गर्दै पूर्व सभासद सिंहले ससफोरम नेपाल अध्यक्षमाथि खनिदै आफ्नो पिठ्यूँमा चक्कू रोपेको आरोप समेत लगाए । मधेशी दलका केन्द्रीय स्तरका नेताहरु प्रति आक्रोशित भएका उम्मेदवार सिंहले आन्दोलनमा लागेका तथा सहादत प्राप्त गरेका शहीद परिवारलाई केहि वास्ता नगरी आफ्नो नातागोता तथा पारिवारिक सदस्यमा सिमित भएको कारण जनताको मर्म बुझि आफु चुनावमा उत्रिएको प्रष्ट पारे । फोरम अध्यक्ष उपेंद्र यादव र राजपा अध्यक्ष मण्डलका सदस्य अनिल झा प्रति हमला गर्दै सिंहले भने गोली खाए कसैले, उम्मेदवार बनाइयो छोरा श्रीमतीलाई, जनता यिनीहरुको कार्यप्रति असंतुष्ट रहेको दावी गर्दै चुनावमा विपरीत परिणाम आउने ठोकुवा गरे ।
मधेशवादि दलले आफ्नो र मधेशी जनताको भावनासँग खेलवाद गरेको बबन सिंहको आरोप
मधेशवादि दलले आफ्नो र मधेशी जनताको भावनासँग खेलवाद गरेको बबन सिंहको आरोप
Advertisement