काठमाडौं/मंसिर २८,आज राति मिथुन उल्का वर्षा अत्याधिक सक्रिय हुने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । उल्का वर्षा हेर्न चाहने सर्बसधारणले आफ्नो घरबाट वा नजिकैको प्रकाश प्रदुषण काम भएको स्थानबाट अवलोकन गर्न सक्नेछन । आज राति चन्द्रोदय ३:५६ बजे र भोलि बिहान सुर्योदय ६:४६ बजे हुने भएकोले अवलोकनको लागि राति ८:४५ बजे देखि ३:५६ बजेसम्मको समय अनुकुल हुनेछ ।मंसिर १८ देखि पुष १ गते सम्म सक्रिय रहने मिथुन उल्का वर्षा आज राति भने अत्यधिक सक्रिय हुनेछ । अत्यधिक सक्रिय समयमा प्रतिघन्टा १२० वटासम्म उल्का देख्न सकिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए ।‘यो वर्ष देखिने उल्का वर्षा क्षुऽग्रह ३२०० फेथनले सन् २००९ मा अन्तरिक्षमा छोडेका स–साना धूलाका कण तथा पदार्थले सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वीको नजिक हुँदा वायुमण्डलको करिब ७० किलोमिटर माथि जलेर उल्का वर्षा देखिँदै छ,’ उनले भने, ‘यो वर्ष क्षुद्रग्रह ३२०० फेथन आफैं पृथ्वीको नजिक रहनेछ । उल्का वर्षको समयमा उल्काहरु मिथुन राशिबाट निस्किए जस्तो देखिने हुनाले यसलाई मिथुन उल्का वर्षा नामंकरण गरिएको हो ।’उल्का वर्षा हेर्नलाई कुनै दुरबिनको आवस्यकता पर्दैन । उल्का वर्षालाई अवलोकन गर्न र आफ्नो आफ्नो क्यामेरामा कैद गर्ने प्रयासको लागि काठमाडौंमा रहेको सोसाइटीका सदस्य तथा इच्छुक व्यक्तिहरुको एउटा टोली आज सााझ नगरकोट जान लागेको पनि उनले बताए ।
आज राति अत्याधिक मिथुन उल्का वर्षा हुने
आज राति अत्याधिक मिथुन उल्का वर्षा हुने
Advertisement