भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अरुणाञ्चल प्रदेशमा गरेको भ्रमणप्रति चीनले आपत्ति जनाएको छ । चीनले कुटनीतिक माध्यमबाट त्यसको विरोध गर्ने बताएको छ ।‘चीन–भारत सिमानाको सन्दर्भमा चीनको अडान स्थीर र स्पष्ट छ ।’, चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता केङ शुआनले भने । ‘चिनियाँ सरकारले कहिल्यै पनि अरुणाञ्चल प्रदेशलाई मान्यता दिएको छैन र त्यो विवादास्पद भूमिमा भारतीय नेताहरुको भ्रमणप्रति दृढतापूर्वक विरोध जनाउँछ ।’बिहीबार भारतीय प्रधानमन्त्रीले इतानगरमा दोर्जे खाण्डु प्रादेशिक सभागृह र नागरिक सचिवालय भवनको उद्घाटन गरेका थिए । साथै उनले त्यहाँको नहारलागुन नगरमा तोमो रिभा स्वास्थ्य तथा चिकित्सा विज्ञान प्रतिष्ठानको शैक्षिक भवनको शिलान्यास गरेका थिए ।केङले सीमाना विवादको संवाद र सरसल्लाहमार्फत् समाधान खोज्ने सहमति भएको बताएका छन् । ‘आफ्नो प्रतिबद्धता पूरा गर्न भारतीय पक्षलाई चिनियाँ पक्ष आग्रह गर्न चाहन्छ र दुई पक्षबीचको सहमतिको पालना गर्न अनुरोध गर्दछ । त्यसो नभए सीमा विवादले थप जटिल रुप लिन सक्नेछ ।’, उनले भने ।चीनले सन् २०१७ को नोभेम्बरमा भारतीय राष्ट्रपति रामनाथ कोभिडले सो क्षेत्रमा गरेको भ्रमणप्रति आपत्ति जनाएको थियो । दुई पक्षीय सम्बन्ध निकै संवेदनशील मोडमा रहेको समयमा भारतले सीमा विवादलाई अझ चर्काउने काम गर्न नहुने चिनियाँ भनाई थियो । २०१७ को अगस्टमा दोक्लाम क्षेत्रमा भएको सीमा विवादका कारण दुई देशबीच ७४ दिनसम्म तनाव भएको थियो
चीनसँगको विवादित भूमि अरुणाञ्चलमा मोदीको भ्रमणपछि चीनले दियो भारतलार्इ कडा चेतावनी
चीनसँगको विवादित भूमि अरुणाञ्चलमा मोदीको भ्रमणपछि चीनले दियो भारतलार्इ कडा चेतावनी
Advertisement