
रौतहट, १२ जेठ। रौतहटको जिल्लाकाे यमुनामाई गाउँपालिका–५ स्थित श्री यमुनामाई माध्यमिक विद्यालय झुनखुनवामा प्रधानाध्यापक पदका लागि विवादले दुई प्र बन्ने बीच विद्यालयकाे काेठाभित्रै कुटाकुट भएको हाे । घटनापछि विद्यालयको शैक्षिक वातावरण तनावग्रस्त बनेको छ ।
मंगलबार बिहान नियमित पठनपाठन चलिरहेका बेला प्रधानाध्यापक पदका दाबेदार वीरेन्द्र यादव र वीरेन्द्र साहबीच विवाद भएको थियो । सामान्य कुराबिच विवाद चर्किँदै जाँदा दुवै शिक्षकबीच काेठा कार्यकक्षमै हात हालाहाल सम्मभएको बिधाथी्ीहरूले बताएका छन् । शिक्षकहरू नै भौतिक आक्रमणमा उत्रिएपछि विद्यार्थीहरूपनि सस्न्कित बनेका छन।
विवादबढेपछि आक्रोशित विद्यार्थीहरूले विद्यालय प्रशासनमा तालाबन्दी गर्दै विरोध जनाएका छन् । शिक्षकहरूकै व्यवहारका कारण विद्यालयको शैक्षिक मर्यादा कमजोर भएको भन्दै विद्यार्थीहरूले असन्तुष्टि व्यक्त गरेका हुन् । ‘हामी पढ्न आएका हौं, शिक्षकहरूको झगडा हेर्न होइन,’ एक विद्यार्थीले गुनासो गरे ।
स्थानीय अभिभावकहरूकाे अनुसार गाउँपालिकाको अस्थिर नीतिका कारण विद्यालयमा समस्या बढ्दै गएको आरोप लगाएका छन् । प्रधानाध्यापक पदमा पटक–पटक फेरबदल हुँदा विद्यालयभित्र गुटबन्दी बढेको हो । गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र शिक्षा संयोजकको स्वार्थका कारण एउटै विद्यालयमा दुईजना प्रधानाध्यापक समानान्तर रूपमा पठाउदा विवाद सिर्जना भएको हाे ।
घटनाबारे प्रतिक्रिया बुझन गाउँपालिका अध्यक्ष मोहम्मद साउदसँग सम्पर्कमा नआएकाहाे।
विवाद र तालाबन्दीका कारण विद्यालयको पठनपाठन प्रभावित भएको हाे । अभिभावक ले विद्यालयको शैक्षिक वातावरण सुधार गर्न सम्बन्धित निकायले तत्काल पहल गर्नुपर्ने माग गरेका हुन् ।