२२ बैशाख, कञ्चनपुर । कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका ८ खड्डा कंकटमा प्रहरीले बेवारिसे अवस्थामा दुई थान भरुवा बन्दुक फेला पारेको छ ।
प्रहरी चौकी बिचफाँटाका प्रहरी सहायक निरीक्षक लोकेन्ऽ ठगुन्नाको गस्ती टोलीले शुक्रबार बिहान बाटोको छेउमा बेबारिसे अवस्थामा रहेको दुई थान खाली बन्दुक फेला पारेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख इन्स्पेक्टर दलराम टमाटाले बताए । नेपाल भारत सीमा भारतीय दुदुवा नेशनल पार्क नजिकै हतियार फेला पर्नुले शिकारी शिकारका लागि जंगल जादै गरेको अवस्थामा प्रहरी देखेपछि हतियार छाडेर भागेको हुनसक्ने इन्स्पेक्टर टमाटाले बताए ।
बरामद गरिएको हतियार आवश्यक प्रकृया पछि आजै जिल्ला प्रहरी कार्यालय कंचनपुर बुझाइनेछ । जिल्ला प्रशासन कार्यालय कंचनपुरले चुनावलाई लक्षित गरेर हतियार बुझाउन उर्दी जारी गरे पनि अहिले सम्म जम्मा ५ जनाले मात्रै हतियार बुझाएको जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रमुख एसपी प्रकाश चन्दले बताए । उनले जिल्लामा १ सय ५८ जनाले हतियार राखेको तथ्यांक भएपनि अहिले सम्म ५ जानाले मात्रै हतियार बुझाएको बताए । निर्वाचन नजिकिँदै गर्दा फेला परेका यस्ताखाले हतियारले सुरक्षा चुनौति भने जटिल बन्दै गएको देखिन्छ ।
भारतीय सीमा नजिकै बेबारिस अवस्था बन्दुक भेटियो
भारतीय सीमा नजिकै बेबारिस अवस्था बन्दुक भेटियो
Advertisement