बैशाख ३१,काठमाडौं, प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका एकजना उम्मेद्वारलाई विप्लवका कार्यकर्ताले कब्जामा लिएका छन् । दाहालको होम ग्राउण्ड चितवनमा नेपाल कम्युनिष्ट पार्टीले सुरुदेखि नै चुनाव विरोधि गतिविधिलाई तिब्र बनाएको छ । यहि क्रममा शनिबार राती चितवनको राप्ती नगरपालिका वडा नं ९ का माओवादी केन्द्रका उम्मेद्वार प्रेमबहादुर रिमाललाई राती २ बजे विप्लवका कार्यकर्ताले नियन्त्रणमा लिएका हुन् । उम्मेद्वारको रक्षा गर्न नसक्ने राज्यसंयन्त्र र राजनीतिक दलको अवस्थाले निर्वाचनको बैधतामाथि प्रश्न उठ्न सक्छ । यसैबीच प्रधानमन्त्री दाहालले चितवनको भरतपुर महानगरपालिकामा पहिलो मतदान गरेका छन् । उनले उद्घाटन गरेको बुथ माओवादी केन्द्रको पकड रहेको बुथकेन्द्र मानिन्छ । छोरी रेणुलाई आफ्नो राजनीतिक उत्तराधिकारीका रुपमा स्थापना गर्न प्रधानमन्त्री दाहालको यस मतले कति निर्णायक भूमिका खेल्छ त्यो भने हेर्न वाँकी छ ।
गिरीजाप्रसाद कोइरालाले छोरी सुजातालाई राजनीतिमा आफ्नो उत्तराधिकारीका लागि गरेको प्रयास सफल नभएपनि प्रधानमन्त्री दाहाल भने आफ्नो चाहाना पुरा गर्न सबै प्रकारका हतकण्डाहरु अपनाउने अनुमान गरिएको छ ।