स्याङ्जा, वैशाख ३१ – स्याङ्जाको भिरकोट नगरपालिका–४ का झण्डै १ सय जनाले चुनाव बहिष्कार गरेका छन् । साबिकको छ्ङछ्ङदी गाविस वडा नम्बर ७ का नागरिकले स्थानीय तह पुनसंरचनाका क्रममा वालिङ नगरपालिकामा मिलाउन माग गरेपनि भिरकोट नगरपालिकामा मिलाएको विरोधमा चुनाव बहिस्कार गरेका हुन् ।