जुम्ला, जेठ २ जुम्लाको हिमा गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ । हिमा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका राजबहादुर शाहीले १११७ मत ल्याएर विजय हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका भैबहादुर रोकायले १११४ मत ल्याउनुभयो । चार मतले पछि परेकाले एमालेले फेरि मतगणना गर्न माग गरेको छ । एमालेका कारण जितको औपचारिक घोषणा भने हुन सकेको छैन । हिमा गाउँपालिका (अध्यक्ष)माओवादी केन्द्र–राजबहादुर शाहीः १११७एमाले–भैबहादुर रोकायः १११४,हिमा गाउँपालिका (उपाध्यक्ष),माओवादी केन्द्र–हिमाली रोकायाः १३२७एमाले–चुम्की शाहीः ११४