जुम्ला, जेठ ४ चन्दननाथ नगरपालिका जुम्लामा विजयी हुनुभएकी कान्तिका सेजुवाल नेपालकै पहिलो महिला प्रमुख बनेकी छन्। चन्दननाथ नगरपालिकाको मतगणनाको अन्तिम मतपरिणाममा सेजुवाल प्रमुखमा भारी मतले विजय भएकी हुन्। उनले खसेको सात हजार ५१३ मतमध्ये दुई हजार ८०६ मत ल्याएर विजयी भएको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले जानकारी दिए। उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का शान्तिलाल महतले दुई हजार ६६ मत ल्याए। सोही नगरपालिकाको उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)का अप्सरादेवी न्यौपाने महतले दुई हजार १८ मत प्राप्त गरी विजयी बनिन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकाका जगतबहादुर खत्रीले एक हजार ७७४ मत ल्याए। रा