राष्ट्रपति बिद्यादेबी भण्डारीकी देवरानी लक्ष्मी भण्डारी चुनावी मैदानमा होमिएकी छन् । उनी नेकपा एमालेको तर्फवाट उर्लाबारी नगरपालिकाको उप-मेयरको उम्मेद्वारसहित चुनावी प्रतिस्पर्धामा उत्रिएकी छन् ।
एमालेले उर्लावारी नगरपालिकाको उपमेयरको उम्मेदवारको रुपमा भण्डारीलाई तय गरेको छ । उर्लाबारी-७ निवासी भण्डारी नेकपा एमाले मोरङ जिल्ला सदस्य हुन् ।
जननेता मदन भण्डारीका साहिला भाइ मोहन भण्डारीकी पत्नी लक्ष्मी भण्डारी उर्लाबारी क्षेत्रकी सामाजिक कार्यकर्ताको रुपमा पनि परिचित छन् । भण्डारीलाई उप-मेयरको उम्मेदवार बनाएको एमालेले भूपालसिंह जिमीलाई मेयरको उम्मेद्वार बनाएको छ ।
नेकपा एमालेका एक नम्वर प्रदेश सदस्य महेश रेग्मीका अनुसार रंगेली नगरपालिकाको मेयरमा सन्तोष साह र उपमेयरमा उषा ठाकुरलाई वनाउने निर्णय भएको छ ।
सुनवषर्ी नगरपालिकाको मेयरमा हसन इमाम बक्स एवम् उपमेयरमा मीरादेवी दास उम्मेदवार वनाइएको छ ।
त्यसैगरी कानेपोखरी गाउपालिकाको प्रमुखमा तारावहादुर काफ्ले र उपप्रमुखमा राजकुमारी ईङ्नाम उम्मेदवार वनाउने निर्णय भएको छ । यता धनपालथान गाउपालिकाको प्रमुखमा मुसहरु मन्डल र उपप्रमुखमा उपासी राजबंशीलाई उम्मेदवार वनाइएको छ ।