१२ जेठ, नवलपरासी। सेल्फी खिच्ने क्रममा नवलपरासीमा दुई जनाको ज्यान गएको छ ।नारायणी नदी किनारमा सेल्फी फोटो खिच्ने क्रममा नारायणी नदीमा खसेर दुई जना किशोरको मृत्यु भएको हो ।इलाका प्रहरी कार्यालय गैडाकोटले दिएको जानकारी अनुसार विहीबार नारायणी नदी किनार सेल्फी खिच्दा नदीमा खसेर बेपत्ता भएका दुई जनाको शव शुक्रबार विहान फेला परेको छ ।ईलाका प्रहरी कार्यालय गैडाकोटका प्रहरी नायव निरिक्षक सुवास हमालले जनाए अनुसार गैडाकोट नगरपालिका २ वि्रटिस क्याम्प नजिकै नदी किनारमा फोटो खिच्ने क्रममा गैडाकोट-२ का १७ वर्षीय आशिष श्रेष्ठ र गैडाकोट-८ का १७ वर्षकै भुपेन्द्र केसी वेपत्ता भएका थिए ।दुवै जनालाई सशस्त्र प्रहरीको गोताखोर टोलीले सोही स्थानमा फेला पारेको हो ।