१२ जेठ/ जाजरकोट – जाजरकोटमा विहीबार साँझ चट्याङ लागेर एक किशोरीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । चट्याङमा परी जुुनीचाँदे गाउँपालिका ५ मटेलाकी १३ वर्षीया डिला परियारको मृ्त्युु भएको प्रहरीले जनाएको छ । स्थानीय काले खोलामा काफल खाएर घर फर्कने क्रममा चट्याङमा परी उनको मृत्यु भएको प्रहरीले जनाएको छ । डिलासँगै काफल खान गएकी सोही ठाउँकी १४ वर्षीया हिरा परियार र मालिका बस्नेत घाइते भएको प्रहरीले जनाएको छ । चट्याङ लागेर डिलाको घटना स्थलमै मृत्यु भएको र संगै भएका बस्नेत र परियार घाइते भइ बेहोस भएको प्रहरीले जनाएको छ । जिल्ला सदरमुुकाम खलंगा देखि डेढ दिनको पैदल दुरीमा रहेको उक्त स्थानमा अहिले स्कुले विद्यार्थीहरू काफल चोत्रा खान जंगलमा अत्याधिक मात्रामा जानेको गरेको स्थानीयवासीहरू बताउँछन् ।