जेष्ठ १२, २०७४- घरायसी सामान खरिद गर्न गएका दुई नेपाली युवालाई एसएसबीले पक्राउ गरेको छ । बर्दिया मधुवन नपा—६ का केशव दहित थारु र अन्तराम थारुलाई भारत तिकोनियाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । स्थानीयले सीमामा बसेका सादा पोशाकका एसएसबीले तिकोनिया पुगेर औषधि पसल नजिक यो पोका बुझाई दिनु भन्दै पठाएका थिए । त्यो पोका लिएर उनीहरु त्यहाँ पुग्दा एसएसबीले कोकिन बोकेर आएको भन्दै झुठो मुद्दामा फसाएको उनका आफन्तले बताएका छन् । जिल्ला प्रहरी कार्यालयका डिएसपी युवराज खतिवडाले घटनाबारे जानकारी लिन ईलाका प्रहरी कार्यालय राजापुरका डिएसपी कृष्णजी अधिकारी त्यसतर्फ गएको बताए । अन्तराम मधुवनमा कपडा सिलाउने पसल छ भने केशव पहिलोपटक भारत गएको आफन्तले जनाए ।
http://bit.ly/2rXEUW9