जेठ १५, बुटव । घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीका नायब सुब्बा माधोलाल गुप्ता ५० हजार नगद घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पश्चिमाञ्चल क्षेत्रीय कार्यालय बुटवलको टोलीले गुप्तालाई कार्यकक्षबाटै रंगेहात पक्राउ गरेको हो । गुप्ताले देवचुली नगरपालिका परसौनी भन्ने स्थानमा बालुवा प्रशोधन उद्योग संचालनका लागि दर्ता प्रकृया मिलाइदिने भन्दै स्थानीय दिपक थापासंग १ लाख रुपैंयाँ मागेका थिए । पहिलो चरणमा ५० हजार बुझाउने र बांकी काम सकिएपछि दिने सर्तमा आइतबार ५० हजार नगद बुझाउँदै गर्दा अख्तियारको टोलिले उनलाई पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पश्चिमाञ्चल क्षेत्रिय कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक बिमल बस्नेतले बताए । घुससहित पक्राउ परेका गुप्तालाई थप अनुसन्धानका लागि आयोगको केन्द्रीय कार्यालय काठमाडौं पठाइएको अर्का प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।