भोजपुर, जेठ १५–गणतन्त्र दिवसको अवसरमा भोजपुर जिल्ला कारगरबाट १५ जना कैदी बन्दीहरुलाई कैद मुक्त गरिएको छ । दिवसका अवसरमा कतव्र्य ज्यान मुद्धामा कैद खेपीरहेका १४ र गर्भपत मुद्धामा कैद खेपिरहेका एक जना महिला सहित १५ जनालाई बाँकी कैद समय मिनहा गरी मुक्त गरिएको हो ।बन्दीहरुलाई नागरीक समाजका संयोजक प्रशुराम तिवारीको रोहवरमा विहान १० बजे कैदमुक्त गरिएको थियो ।