नरेश कुमार पंडित ०२/१६/ रौतहट जिल्लाको सदरमुकाम गौर मा रहेको रौतहट जिल्ला अदालत अगाडि बाट राजपा नेपाल को नेता तथा कार्यकर्ता हरूलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय रौतहट गौरमा लगिएको जनकारी प्राप्त भएको छ। प्राप्त जानकारी अनुसार राजपा नेपाल को केन्द्रीय कार्यक्रम अनुसार आज निर्बाचन घेराउ कार्यक्रम गर्ने क्रममा प्रहरी संग सामान्य झडप हुँदा नेता तथा कार्यकर्ता हरूलाई जबर्जस्ती बल प्रयोग गरी जिल्ला प्रहरी कार्यालय मा लगिएको छ। पक्राउ पर्नेहरुमा महासचिव अजय गुप्ता, मण्डलिय अध्यक्ष रामप्रवेश दास, मनोज गिरी, शेख जमसैद सहित दर्जनौं कार्यकर्ताहरूलाई प्रहरीले पक्राउ गरेको छन्।