१६ जेठ,नेपालगन्ज उपमहानगरपालिकाका केही वडाहरुमा पनि एमाले उम्मेदवार छनोटमा विवाद छ । नेपालगन्जका ६, ११, १२ र १७ नम्बर वडामा विवाद देखिएको हो ।यसैगरी कोहलपुरको वडानम्बर ३, १० र १४ तथा खजुरा गाउँपालिकाको ३ नम्बर वडामा पनि उम्मेदवार छनोटमा विवाद छ । यसअघि बैजनाथ गाउँपालिकामा देखिएको विवाद भने समाधान भइसकेको छ ।छलफल हुनुलाई विवाद भन्न मिल्दैनः अध्यक्ष कोइराला एमाले बाँकेका अध्यक्ष अशोक कोइरालाले भने कतै पनि विवाद नरहेको दाबी गरे । उनले भने, ‘पार्टीमा बिभिन्न नामहरु सिफारिस हुन्छन् । त्यसमा छलफल हुन्छ र एउटा निष्कर्षमा पुगिन्छ । तर, यसलाई विवाद भन्न मिल्दैन ।’यसअघिको चुनावमा एमालेले बाँकेका ३ वटा क्षेत्रमा जित हासिल गरेको थियो । अहिलेको स्थानीय चुनावमा पनि एमाले बलियो मानिन्छ । तर आन्तरिक समस्या समाधान गर्नुपर्ने चुनौति पार्टी नेतृत्वलाई छ ।