१७ जेठ, काठमाडौं । राष्ट्रिय जनता पार्टी सम्मिलित संघीय गठवन्धनले आम हड्तालसहितका आन्दोलनका कार्यक्रम स्थगित गरेको छ । राजपाका अध्यक्ष मण्डलको बैठक बसिरहेको छ भने संघीय गठवन्धनको बैठक पनि बोलाइएको छ । राजपाका महासचिव मनिष सुमनले १७, १८ र १९ को आन्दोलन स्थगित गरिएको जानकारी दिए । गठवन्धनले आज मसाल जुलुस प्रदर्शन गर्ने र भोलि र पर्सि तराई मधेस-थरुहट र लिम्बुवानमा आमहड्ताल गर्ने घोषणा गरेको थियो । राजपालाई सहभागी गराउन भन्दै सरकारले जेठ ३१ का लागि तय भएको दोस्रो चरणको चुनाव असार १४ गतेलाई सारेको छ । तर, राजपाले भने चुनावमा सहभागी हुने प्रतिवद्धता जनाइसकेको छैन । उसले चुनावको वातावरण बनाउन माग गर्दै आएको छ ।