१७ जेठ, भैरहवा । वैदशिक रोजगारीका लागि कतार गएका एक युवकको दुर्घटनामा मृत्यु भएपछि मृतक परिवारले जीवन बीमा बापतको रकम प्राप्त गरेका छन् । कतारमा रहेको नेपाली दुतावासको सहयोगमा मृतक परिवारले जिवन बीमा बापतको ९० लाख १७ हजार ५ सय १२ रुपैयाँ रकम प्राप्त गरेका हुन् । मृतक परिवारले पाएको रकम युवा कार्यरत कम्पनीले जिवन विमा बापतको रकम उपलब्ध गराएको हो । बुधवार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले उक्त बराबर रकमको चेक युवाको श्रीमती नन्दनी मालीलाई हसान्तरण गरेका छन् । चेक हसान्तरण गर्दै मालीले प्राप्त रकम आवश्यक कार्यमा खर्च गर्ने बताइन् । ०६९ सालमा हेल्परको (विल्डिङ कन्सट्रक्सन) भिसामा रुपन्देहीको साविक मानमटेरिया ५ का २३ वर्षीय नन्दकुमार माली कतार गएका थिए । विवाह गरेर कतार पुगेको दुई वर्षमा काम गर्ने क्रममा उनको मृत्यु भएको थियो ।