जेठ १७, नयाँ दील्ली । बुधबार भारतको दिल्ली विधानसभा बैठकमा हात हालाहल भएको छ । अरविन्द केजरीवालको आम आदमी पार्टीका विद्यायकहरुले आफ्नै पार्टीका निलम्बित नेता कपिल मिश्रामाथि हातपात गरेका हुन् । कपिलका अनुसार मदनलाल तथा अमानतुल्ला खानले उनमाथि हातपात गरेका हुन् ।
विद्यायकहरुले सदनको कारबाही भइरहेका बेला मिश्रामाथि हातपात गरेका हुन् । कपिल मिश्राले दिल्ली सरकार र मूख्य मन्त्री अरविन्द केजरीवालमाथि गम्भीर आरोप लगाएका थिए । मिश्राले केजरीवालमाथि लगातार आरोप लगाएपछि आक्रोसित बनेका आम आदमी पार्टीका विधायकहरुले उनलाई समातेर कुटेका हुन् । मंगलवारनै कपिल मिश्राले विधानसभा अध्यक्षलाई पत्र लेखेर सदनमा बोल्नका लागि ५ मिनेटको समय मागेका थिए । उनले अरविन्द केजरीवाल तथा सत्येन्द्र जैनले गरेको भनिएको अनियमतितताका विषयमा रामलीला मैदानमा खुला विशेष सत्र बोलाउन माग गरेका थिए ।