१९ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष कमल थापाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निर्वाचनबारे छलफल गर्न एमालेले विपक्षी दलहरुको बैठक बसिरहेका बेला राप्रपा अध्यक्ष थापा पुगेका छन् । तर, उनी विपक्षी दलहरुको बैठक सहभागी भएनन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मात्र छलफल गरे । भेटपछि राप्रपा अध्यक्ष थापाले भरतपुरको मतगणना र प्रधानमन्त्री चुनाव अलग भएको बताए । उनले प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया रोक्न नहुने धारणा राखे । यद्यपि उनले भरतपुरमा पुनःमतदान गर्न नहुने राप्रपाको धारणा रहेको समेत बताए । च्यातिएको मतपत्रलाई बदर गरेर बाँकी मतको गणना तत्काल थाल्नु पर्ने उनले बताए ।