वीरगनज १९ जेठ स्थानिय निर्वाचनको चहल पहल बढे संगै बारा पर्साका ग्रामीण भेगमा अबैध घरेलु मदिरा भट्टिहरु फस्टाएको छ । निर्वाचनको समयमा मदिरा र मासुको खपत बढि हुने हुँदा ग्रामिण क्षेत्रमा अबैध मदिरा भट्टिहरु धमाधम खुल्न थालेको छ । भारतिय ग्राहक तथा स्थानिय तहको निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलका अधिकाँश नेता तथा कार्यकर्ताहरु मदिरामा रमाउने गरेका कारण पनि मदिराको खपत बढ्दा अबैध रुपमा घरेलु मदिरा भट्टिहरु फस्टाएको स्थानीयबासी बताउँछन् ।ग्रामिण क्षेत्रमा उत्पादित घरेलु मदिरा सस्तो पर्ने भएकाले कार्यकर्ताहरुलाई रिझाउन नेताहरुलाई पनि सहज हुने भएपछि घरेलु मदिराको उत्पादन पनि बढेको छ । पर्सा महुवनका एक व्यापारीले केहि दिन यता घरेलु मदिराको खपतमा बृद्धि भएको जानकारी दिए । ‘चु्नावको कुरा गर्दै मदिरा पिउने ग्राहक ह्वातै बढेका छन’ उनले भने ।पर्साको छिपहरमाई गाउँपालिका अन्तर्गत तुलसिवर्वाको बन्जारीमा पहिले ३ वटा मदिरा भट्टिहरु सन्चालनमा रहेको भएपनि अहिले खपत बढि हुन थाले पछि दुइ वटा मदिरा भट्टि थपिएको छ । छिपहरमाई गाउँपालिकासंगै प्रसौनी, पकाहा, महुवन, महादेवपट्टिको बलुवा, जानकीटोलाको दशौता , सम्भौताको टिहुकी भेडिहर्वा , सुवर्णपुर लगायतका ग्रामिण भेगमा अहिले घरेलु मदिरा भट्टिहरु निर्वाध सन्चालनमा रहेका छन् । नजिकै रहेका नेपाल प्रहरीका चौकि र ससस्त्र प्रहरीका इन्चार्जहरुकै मिलेमतोमा भट्टि सन्चालन भइरहेको स्थानियवासीले आरोप लगाएका छन् ।
पर्सामा चुनाबी चहल पहलको मौका छोपी मदिराको बिक्री बढयो, प्रहरी निकायको ध्यान आकर्षण भएन्
पर्सामा चुनाबी चहल पहलको मौका छोपी मदिराको बिक्री बढयो, प्रहरी निकायको ध्यान आकर्षण भएन्
Advertisement