ठमाडौ, जेठ १९ – एमाले सहितको विपक्षी गठबन्धनले सुचना टाँसेर प्रधानमन्त्रीको निर्वाचन हुन नसक्ने बताएको छ । एमाले संसदीय दलको कार्यलय सिंहदरवारमा शुक्रबार एमालेसहित नौ दलको विपक्षी गठबन्धनको बैठकले प्रधानमन्त्रीको निर्वाचन गर्न सरकारले संसद खोल्ने बातावरण बनाउनुपर्ने निश्कर्ष निकालेको हो । बैठकपछि माले महासचिव सिपी मैनालीले संसद अवरुद्ध हुनुमा सरकारकै कमजोरी रहेको बताए । उनले सरकारको दवावमा भरतपुर महानगरको १९ नम्बर वडामा पुन मतदान गर्ने तयारी गरेको भन्दै यदि त्यसो गरिए विपक्षी गठबन्धनले कडा आन्दोलन गर्ने बताए । उनले विपक्षीले संसद अवरद्ध गरेका बेला सुचना टाँसेर प्रधानमन्त्रीको निर्वाचन गर्न लागेकोबारे बैठकमा छलफल भएको र त्यसो गरिए मुलकुमा अत्यनत गलत नजिर बस्ने ठहर गरेको पनि बताए । वैठकमा कमल थापा पनि सहभागी थिए ।