नवलपरासी, जेठ २१ – नवलपरासीको साविकको कुडिया गाविसस्थित भारतीय पश्चिमी गण्डक नहरमा नुहाउन गएका एक युवक आइतबार बिहानदेखि वेपत्ता भएका छन् । साविकको कुडिया गाविस–८ का भगवती हजामका १६ का छोरा कमलेश हजाम नुहाउने क्रममा वेपत्ता भएका हुन् । भारतीय पश्चिमी नहरको पानी घटाएर उनको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यलय बेलाटारीका प्रहरी निरीक्षक केशव सिंह थापाले जानकारी दिनुभयो ।