२४ जेठ, काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाको सपथ ग्रहण समारोह नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले बहिस्कार गर्ने भएको छ । उसले सरकारमा आफ्नो तर्फबाट मन्त्रीसमेत नपठाउने निर्णय गरेको छ । कांग्रेस सभापतिसमेत रहेका देउवाले सरकार गठनमा एकलौटी गरेको र मन्त्री चयन गर्दा पनि आफूहरुसँग छलफल नगरेको भन्दै पौडेल समूह असन्तुष्ट छ ।