काठमाडौँ, २४ जेठ । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय संचारमाध्यमले भारत समर्थक प्रधानमन्त्री भनी चित्रण गरेका छन् ।
भारतीय दैनिक पत्रिकाहरुको बुधबारको अंकमा देउवालाई भारत समर्थक प्रधानमन्त्री भनी चित्रण गरिएको छ । उनको भारतसँग सुमधुर सम्बन्ध रहेको उल्लेख गरिएको छ । बुधबार प्रकाशित अमर उजाला दैनिकले चौथी बार नेपाल के पीएम बने भारत समर्थक देउवा (चौंथो पटक नेपालको प्रधानमन्त्री बने भारत समर्थक देउवा) शीर्षकमा समाचार छापेको छ । देउवाको भारतसँग सुमधर सम्बन्ध रहेको भन्दै पत्रिकामा देउवा नेतृत्वको सरकारमा मधेशी दल पनि सरकारमा सामेल हुने बताइएको छ । यसैगरी, देउवा मधेशी समस्यालाई वार्ताबाट सुल्झाउने पक्षको भनी व्याख्या गरिएको छ ।