सिन्धुली,जेष्ठ २४, २०७४- कमलामाई नगरपालिका सिन्धुलीका मेयर खड्ग खत्रीले कार्यभार सम्हालेका दिन सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । खत्रीले आफ्नी श्रीमतीका नाममा कमलामाई नगरपालिका ६ स्थित पानीटंकीमा २ कठ्ठा घडेरी र त्यसमा बनेको चारकोठे एकतले पक्की र अर्को काठको घर रहे पनि आफ्नो नाममा कुनै पनि जमिन नरहेको जनाएका छन् । खत्रीले आफ्नो नाममा भने प्राविधिक शिक्षालय, जनता टेलिभिजन र सिद्धबाबा बोर्डिङ स्कुलमा गरी ५ हजार ८ सय ५३ कित्ता सेयर रहेको बताए । ‘मसँग सुन ७ तोला, चाँदी १० तोला, दुइटा टीभी, दुइटा ल्यापटप, एउटा दुहुनो गाई छ,’ उनले भने, ‘१० लाख रुपैयाँ ऋण छ । ऋण कुन प्रयोजनका लागि हो भन्ने उनले खुलाएनन् ।