काठमाडौं/ जेष्ठ २५/ स्थानीय तह निर्वाचनको पहिलो संशोधन विधेयक संसद्बाट पारित भएको छ । बिहीबार बसेको संसद् बैठकले छोटो प्रक्रियाद्वारा स्थानीय तह निर्वाचनको पहिलो संशोधन विधेयक पारित गरेको हो । यो विधेयक पारित भएसँगै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालसहितका दलहरुलाई निर्वाचनमा सहभागी हुन बाटो खुलेको छ । संसद्को अर्को बैठक शुक्रबार बिहान ११ बजे बोलाइएको छ ।