अर्जुन भुसाल
अर्घाखाँची चैत्र १८ जिल्लामा स्थानीय निकायको निर्वाचमा खटिने म्यादी प्रहरीका लागि १८ सय २५ जनाले आवेदन दिएका छन् । चैत्र गते ११ गते देखि १७ गतेसम्म लिइएको आवेदनमा १५ सय २ जना पुरुष र ३ सय २३ जना महिलाले आवेदन फर्म भरेका हन । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक एकनारायण कोइरालाले प्रहरीमा भर्ना गर्नका लागि पु¥याइने सम्पूर्ण पक्रिया पुरा गरेर मात्र म्यादी प्रहरी छनोट गरिने बताए । ‘शनिवार र आइतबार दुइ दिन लगाएर छनोट गर्दैछौं’ उनले भने, ।
१८ वर्ष पुरा गरि ५६ वर्ष ननाघेको व्यक्ति म्यादी प्रहरी हुन पाउने व्यवस्था छ । ५० देखि ५६ वर्ष उमेर समुह सम्मकाले पनि प्रतिस्पर्धा गर्दैछन् । ११ गते आवेदन खुलेसँगै जिल्ला प्रहरी कार्यालयमा आवेदन दिनेहरुको भिड लागेको थियो । कति संख्यामा म्यादी प्रहरी भर्ना गर्ने भन्ने विषयमा माथिबाट जानकारी अझै नआएको प्रहरी निरिक्षक प्रदिप डिसीले बताए ।
ग्रामिण स्तरमा बेरोजगारी बसीरहेका अधिकांश युवाहरु म्यादी प्रहरी बन्ने दौडधुपमा लागेका छन् । राजनीतिक दलका नेताहरुले आफ्ना पार्टीमा आवद्ध युवाहरुलाई म्यादी प्रहरीमा नगएर चुनावमा केन्द्रीत हुन आग्रह गरेपनि उनीहरु पार्टीका पछि नलागेर रोजगारीका अघि सरेका हुन । म्यादी प्रहरी हुन आएका सिमलपानीका एक युवाले चुनावमा लाग्न भनि दलका नेताहरुले विभिन्न आश्वासन दिएपनि पनि आश्वासनको विश्वास नलागेर म्यादी हुन आएको बताए । ‘म्यादी प्रहरी नहो, चुनावमा हिड, चुनाव जितेपछि जागिर लगाइदिन्छु भन्थे’ उनले भने, चुनावको मुखमा आएर दिने आश्वासनको कुनै ठेगान हुँदैन ।’ म्यादी प्रहरी भएपछि सेना, प्रहरी, विदेशमा सुरक्षा गार्ड लागायतका अवसर मिल्ने हुँदा पनि युवाहरुको आकर्षण बढेको हो । म्यादीका लागि ५५ दिनको प्रहरी जवान बरावरको तलव र खाना उपलव्ध हुने प्रहरी प्रमुख कोइरालाले जानकारी गराए ।