असार १, २०७४- सत्तारुढ दल र राष्ट्रिय जनता पार्टीबीच दुई नम्बर प्रदेशको निर्वाचन सार्ने सहमति भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको बैठकमा दुई नम्बर प्रदेशको निर्वाचन तेस्रो चरणमा गर्ने सहमति भएको माओवादी केन्द्रकी प्रवक्ता पम्फा भूसालले जानकारी दिइन् । निर्वाचन सरेकोबारे सरकारले औपचारिक निर्णय गर्न भने बाँकी छ । प्रवक्ता भूसालका अनुसार तेस्रो चरणको निर्वाचन कहिले गर्ने भन्नेबारेमा निर्वाचन आयोगसँगकै परामर्शमा सरकारले तोक्ने छ । सरकार र आयोगबीच बिहीबारै दिउँसो तीन बजे छलफलको कार्यक्रम छ ।