असार १,काठमाडौं : तराईका केही जिल्लामा तेस्रो चरणमा चुनाव गर्ने सरकारको प्रस्ताव निर्वाचन अयोगले अस्वीकार गरेको छ । राष्ट्रिय जनता पार्टी (राजपा) असार १४ गतेको निर्वाचन बोथोल्नेगरी आन्दोलनमा गएपछि सरकारले दुई नम्बर प्रदेशसहित तराईका केही जिल्लामा चुनाव सार्ने प्रस्ताव निर्वाचन आयोगसमक्ष गरेको थियो । बिहीबार बिहान निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गर्दै चुनाव सार्ने प्रस्ताव गरेको थियो ।निर्वाचन आयोगले असार १४ गतेको सम्पूर्ण तयारी पूरा भइसकेको र अब निर्वाचन सार्दा थप अन्यौलता बढ्ने भन्दै सरकारको प्रस्ताव अस्वीकार गरेको हो । निर्वाचन आयुक्त नरेन्द्र दाहालले आयोग चुनाव सार्ने पक्षमा नरहेको बताउनुभयो । ‘हामी चुनाव सार्ने पक्षमा छैनौं, सरकारसँग पनि आग्रह गरिसकेका छौं, तोकिएको समयमै चुनाव हुनुपर्छ’ उहाँले भन्नुभयो । असार १४ गते सहज ढंगले चुनाव हुने आयोगले विश्वास लिएको छ । ‘कतै समस्या आए सरकारले सुरक्षा व्यवस्था गर्ने छ’ उहाँले भन्नुभयो ।निर्वाचन आयोगसँग छलफलका लागि प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, गृहमन्त्री जनार्दन शर्मा, नेताहरु नारायाणकाजी श्रेष्ठ, विमलेन्द्र निधिलगायतको उपस्थिति रहेको थियो ।
चुनाव सार्ने सरकारको प्रस्ताव आयोगद्वारा अस्वीकार
चुनाव सार्ने सरकारको प्रस्ताव आयोगद्वारा अस्वीकार
Advertisement