नवलपरासी/असार १, २०७४- लगातार तेश्रो दिनको बन्दले यहाँको जनजीवन कष्टकर बनेको छ । राष्ट्रिय जनता पार्टीले गरेको आब्हानमा ३ दिनदेखि सदरमुकाम परासी र आसपासको जनजीवन ठप्प छ । सर्वसाधारण किनमेलका लागि निस्कन पाएका छैनन् भने सामान्य ज्याला मजदुरी गरेर जिवननिर्भाह गर्दै आएका परिवार बिचल्लीमा परेका छन् । राजपाले निर्वाचन हुन नदिने भन्दै गत मंगलवारदेखि यो क्षेत्र बन्द गराएको हो । शिक्षण संस्था , बजार र यातायात चल्न नदिंदा सर्वसाधारण मर्कामा परेका छन् ।राजपाका नेता कार्यकर्ताहरु सदरमुकाम परासीमा केन्द्रीत रहेर बन्द गराउँदै हिंडेका छन् । निर्वाचनमा होमिएका दलका उम्मेदवारहरु र कार्यकर्ता प्रचारमा निस्कन पाएका छैनन् । उम्मेदवार र दलका कार्यकर्ता सदरमुकाम परासी र बढी जनसंख्या भएका क्षेत्रका मतदातासँग भेटघाट समेत गर्न पाएका छैनन् । सदरमुकाम परासी , महेशपुर , प्रतापपुर , पक्लिहवा , कुडिया, गोपिगन्ज , सोमनी , भुजहवा , गुठीसूर्यपुरा लगायतका क्षेत्रका भित्रि सडकमा पनि यातायात, बजार, बिद्यालय र कलकारखाना बन्द छ ।