२ असार, बिराटनगर । क्षेत्रीय निर्वाचन कार्यालय बिराटनगरमा तालाबन्दी गर्न गएका राजपाका १५ जना नेता-कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
पूर्वघोषित कार्यक्रम अनुसार राजपाका कार्यकर्ताहरु शुक्रबार निर्वाचन कार्यालयमा ताला लगाउन गएका थिए ।
प्रहरीले राधे कामत, मोहमद काबिर, मुन्नी कर्ण लगायतलाई पक्राउ गरेको हो ।