टेकुसिथत शुक्रराज सरुवा रोग तथा ट्रपिकल असपतालमा दैनिक सयजनाभन्दा बढी कुकुरले टोकेका पीडित उपचारका लागि आउने गरेका छन् ।
तीमध्ये भुस्याहा कुकुरले टोकेका ७० भन्दा बढीले एन्टिरेबिज भ्याक्सिन लगाउने गरेका छन् ।
अस्पतालले दिएको जानकारीअनुसार पछिल्लो चार महिनामा आठ हजार दुई सय २८ जनाले एन्टिरेबिज भ्याक्सिन लगाएका छन् ।
साउन महिनामा एक हजार नौ सय ३१ जनाले सो भ्याक्सिन लगाएको अस्पतालले जनाएको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
कुकुरको टोकाइकै कारण पाँच वर्षमा ९३ हजार ६ सय ७५ जना पीडित भएको अस्पतालको तथ्यांक छ ।
काठमाडौं महानगरपालिकाका अनुसार उपत्यकामा २२ हजारभन्दा बढी भुस्याहा कुकुर रहेका छन् ।
भुस्याहा कुकुरको संख्या बढ्न नदिन महानगरले भ्यासेक्टोमी र बन्ध्याकरण अभियान सुरु गरेको स्वास्थ्य विभागका प्रमुख हरिकुमार श्रेष्ठ बताउँछन् ।