असार ५ काठमाडौँ दोस्रो चरणको निर्वाचन हुने तीनवटा प्रदेशका स्थानीय तहमा आज उम्मेदबारको अन्तिम नामावली सार्वजनिक हुुँदैछ । उम्मेदबारको दावि विरोध जाँचपछि आज साँझ साढे ५ देखि ६ बजेसम्ममा उम्मेदवारको नामावली सार्वजनिक गर्ने निर्वाचन आयोगको कार्यतालिका छ । आजै विहान दश बजेदेखि साँझ साढे ५ सम्म मनोनयन जाँचको समय निर्धारण गरिएको छ । निर्वाचन आयोगले भोली उम्मेदवारी फिर्ताको तोकेको छ । भोली नै उम्मेदवारीको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह प्रदान गर्ने आयोगको कार्यतालिका छ । आगामी असार १४ गते एक पाँच र सात नम्बर प्रदेशका तीन सय चौतिस स्थानीय तहमा निर्वाचन हुँदैछ । दोस्रो चरणमा एउटा महानगरपालिका, ७ वटा उपमहानगरपालिका, १ सय ११ वटा नगरपालिकाका र २ सय १५ वटा गाउँपालिकामा चुनाव हुँदैछ । निर्वाचनवाट १५ हजार ३८ जना जनप्रतिनिधि निर्वाचित हुनेछन । दुई नम्बर प्रदेशमा भने आगामी असोज २ गते निर्वाचन हुनेछ । तीन चार र छ नम्बर प्रदेशमा भने गत बैशाख ३१ गते पहिलो चरणमा निर्वाचन भइसकेको छ ।