६ असार, विराटनगर । दोस्रो चरणको स्थानीय तहको चुनावका लागि विराटनगर महानगरपालिकामा उम्मेदवारी दर्ता गरेका ११ जनाले फिर्ता लिएका छन् ।गत आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयका मनोनयन दर्ता गराएका स्वतन्त्र उम्मेदवारले मंगलबार आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।
मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोख्रलेका अनुसार विराटनगरका विभिन्न वडाका ११ जना स्वतन्त्र वडा अध्यक्ष र सदस्यका उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।दलको तर्फबाट उम्मेदवार बनेकोले भने कसैले उम्मेदवारी फिर्ता नलिएको मुख्य पोख्रेलले जानकारी दिए ।विराटनगर महानगरपालिका ९७ पदका लागि ६ सय ६८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।मेयरमा १४, उपमेयरमा ११ र वडा अध्यक्ष तथा सदस्यहरुमा ६ सय ४३ जनाको उम्मेदवारी परेको छ ।असार १४ गते तोकिएको दोस्रो चरणको स्थानीय तह चुनावका लागि मनोनयन दर्ताको क्रममा १४ जना मेयरका उम्मेद्वारमध्ये ७ जना पार्टीगत र ७ जना स्वतन्त्र उम्मेद्वारले मनोनयन दर्ता गरेको थिए ।यस्तै, ११ जना उपमेयरको उम्मेद्वारमध्ये ५ जना पार्टीगत र ६ जना स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका थिए ।मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारहरुले मनोनयन दर्ता गएको २४ घण्टा भित्र आफनो उम्मेदवारी फिर्ता लिन सक्ने समय मंगलबारसम्म थियो ।