भक्तपुर/असार ७, २०७४- बिरामीको मृत्यु भएपछि गठ्ठाघरस्थित नागरिक सामुदायिक अस्पतालमा तनाव उत्पन्न भएको छ । चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै आफन्तले अस्तपालमा तोडफोड समेत गरेका छन् । अहिले पनि अस्पतालमा प्रहरी र मृतकका आफन्तबीच झडप भइरहेको छ । दोलखा भीमेश्वर नगरपालिका-५ की ३८ वर्षीया उषा बस्नेतको मृत्यु भएपछि अस्पतालमा झगडा सुरु भएको हो । सामान्य छाती दुखेको निहुँमा उपचार गर्न गएकी बस्नेतको इन्जेक्सन दिएका कारण मृत्यु भएको उनका आफन्तको आरोप छ ।