८ असार, विराटनगर । दोस्रो चरण अन्तर्गत यही असार १४ गते हुने स्थानीय तह चुनावका लागि प्रदेश नं. १ मा सुरक्षा प्रयोजनाका लागि ३३ हजार नेपाल प्रहरी परिचालन गरिने भएको छ ।सुरक्षाका लागि १८ हजार नेपाल प्रहरी र १५ हजार म्यादी प्रहरी निर्वाचन सुरक्षामा खटिने छन ।पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव महानिरिक्षक रमेश भट्टराईका अनुसार स्थानीय तहको चुनावको सुरक्षाका लागि नेपाल प्रहरीको संख्याको अनुपातमा म्यादी प्रहरीको संख्या बढी हुने छ ।पूर्वाञ्चलमा १३ हजार प्रहरी रहेकोमा चुनावको समयमा अन्य क्षेत्रबाट थप प्रहरी प्रदेश नं. १ का जिल्लामा परिचालन गरिने छ ।
जिल्ला सुरक्षा समितिले भनेको खण्डमा यो संख्या भने बढ्न सक्ने उनको भनाइ छ ।‘विगतका वर्षको नजिरलाई लिएर अहिले हामी सुरक्षाका लागि आवश्य प्रहरीको परिचालनको प्रारम्भिक चरणमा छौ’ उनले भने,’ आवश्य परेको खण्डमा प्रहरी संख्यामा बृद्धी हुने छ ।’दोस्रो संविधानसभाको चुनावमा पूर्वाअञ्चलमा चुनाव सुरक्षाका लागि १० हजार ६३ जना नेपाल प्रहरी र करिव १२ हजारको संख्यामा म्यादी प्रहरी परिचालित गरिएको थियो ।कुल १३ हजार प्रहरी रहेकोमा २५ प्रतिशत प्रहरी कार्यालय सुरक्षामा राखिने छ ।केन्द्रीय सुरक्षा रणनीति अनुसार निर्वाचनको मतदान केन्द्रको पहिलो घेरा नेपाल प्रहरी र म्यादी प्रहरी परिचालन गरिने छ ।त्यसैगरी दोस्रो र अन्तिम घेरामा क्रमश सशस्त्र प्रहरी र नेपाली सेनाले पहरा दिने छ ।पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका अनुसार चुनावलाई लक्षित गरी अहिले सवै प्रहरी युनिटहरुमा निर्वाचन सेल निर्माण गरी सकिएको छ ।पूर्व क्षेत्रीय प्रहरी कार्यालयका प्रहरी नायव महानिरिक्षक रमेश भट्टराईले पहिलो चरणमा प्रहरीले चुनावलाई लक्षित गरी क्षेत्रीय, अञ्चलसंगै जिल्लातहका प्रहरी युनिटमा निर्वाचन सेल गठन गरिएको छ ।क्षेत्रीय प्रहरी कार्यालयमा प्रहरी उपरिक्षक विध्यानन्द माझीको संयोजकत्वमा एव सवै पुर्वका अञ्चल तथा जिल्ला प्रहरी कार्यालयमा सिनियर अफिसरको नेतृत्वमा निर्वाचन सेल गठन गरिएको छ ।पूर्वाअञ्चलमा १ हजार ३ सय ४९ स्थानीय तह एक नम्वर प्रदेश अनुसार नयाँ संरचनामा कुल १ हजार ३४९ स्थानीय तह रहेको छ ।
एक महानगरपालिका दुई उपमहानरपालिका ६० नगरपालिका,१०८ गाउँपालिका र १ हजार ४७८ वडा रहेका छन् । प्रहरीले पनि स्थानीय तहलाई आधार मानेर जिल्लामा वर्गिकरण गरिएको अति संवेदनशील, संवेदनशील र सामान्य क्षेत्रमा निर्वाचन सुरक्षा व्यवस्थाको तयारी गरेको छ । प्रहरी नायव महानिरक्षक भट्टराईका अनुसार गएको दोस्रो संविधानसभाको निर्वाचनमा सामान्य भनिएका क्षेत्रको मतदान केन्द्रको सुरक्षाका लागि म्यादी प्रहरीसहित ६ जना, संवेदनशील स्थानको सुरक्षा व्यवस्थाका लागि म्यादीसहित ८ जना र अति संवेदनशील क्षेत्रको मतदान केन्द्रमा म्यादीसहित १० जना परिचालन गरिएको थियो । स्थानीय तहको चुनावमा दोस्रो संविधानसभाको चुनावका लागि तीन तहको मतदान केन्द्रको सुरक्षाका लागि परिचालन गरिएका प्रहरीको साविकको संख्यामा २५ प्रतिशत प्रहरी संखया थप गरिने तयारी भएको छ । दोस्रोे संविधानसभाको निर्वाचनमा पूर्वाअञ्लमा ५६ निर्वाचन क्षेत्र रहेको थियो । नयाँ संरचना अनुसार निर्वाचन क्षेत्र समेत बढने छन् । क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले दिएको जानकारी अनुसार दोस्रो संविधानसभाको चुनावका क्रममा पूर्वाअञ्चमा २५३ मतदान केन्द्र अति संवेदनशील,९६१ संवेदनशील र ९६१ सामान्यका रुपमा वर्गिकरण गरिएको थियो । दोस्रो संविधानसभाको चुनावमा ४ हजार ३३९ मतदान केन्द्र र २ हजार २१५ मतदानस्थल तोकिएको थियो । पूर्वाअञ्लमा ६६ लाख ६९ हजार ४८३ जनसंख्या रहेको थियो ।