नरेन्द्र साह/रौतहट ८ आषाढ़ /कीर्ते जन्म दर्ता बनाएको अभियोगमा रौतहट प्रहरीले एकजना वड़ा सचिवलाइ पक्राउ गरेका छन ! स्थानीय गए विकास समिति जेठरहिया वार्ड नम्बर ४ हाल परिवर्तित माधवनारायण गाउँपालिका वडा नम्बर ४ का वडा सचिव चन्देश्वर राय यादवलाई प्रहरीले पक्राउ गरेको हो ! स्थानीय निवासी रघुवीर साह तेलीले दिएको जाहेरीको आधारमा प्रहरीले सरकारी छाप दस्खत कीर्ते मुद्दामा अनुसन्धानको सिलसिलामा पक्राउ गरेको हो ! रघुवीर साहले दिएको कितनी जाहेरी दरखास्तमा सचिव यादवले गाढ़ीमाई गाउपालिका वडा नम्बर ६ निवासी सत्येन्द्र राय यादव संग मिलेर छोरीको नामको नक्क्ली जन्म दर्ता प्रमाण पत्र त्यार गरेको आरोप लगाएको हो ! साह ले दिएको जाहेरी दरखास्तको प्रकरण ५ मा विपक्षी बनाइएका सचिव यादवले मिति २०५८ साल फाल्गुन १५ गते दर्ता नम्बर ३८ उल्लेख गारी नबालिक छोरीको २० वर्ष पुग्ने गरी २०५४ साल बैशाख १८ गते जन्म भएको भनी जन्म दर्ता प्रमाण पत्रको कीर्ते प्रतिलिपि प्रतिवादी सतेन्द्र यादवलाई दिएको उल्लेख गरेका छन ! जाहेरी दरखास्त मा छोरीको नाम रेनू कुमारीको नामवाट पहिला २०५८ साल फाल्गुन १३ गते दर्ता नम्बर ३३७ सूचकमा रणधीर साह रहेको जन्म दर्तामा २०५७ साल भाद्र ६ गते जन्म भएको उल्लेख गरी जन्म दर्ताको प्रमाण पत्र लिएको दावी गरिएको छ ! सचिव यादवले बनाएको कीर्ते जन्म दर्ता प्रमाण पत्रमा सूचकमा रघुवीर साह र बालिकाको नाम रेणुका कुमारी लेखिएको हो ! दिइएको जन्म दर्ता प्रमाण पत्रमा आमा बाबूको नागरिकता प्रमाण पत्र नम्बर लेखिएको छैन ! स्थानीय पञ्जिका अधिकारीको नाम गोरख प्रसाद यादवले प्रतिलिपि कुन मितिमा दिइएको सो उल्लेख नभएको हुदा कीर्ते रहेको प्रमाणित भइरहेको हो ! सरोकार बालाको मांग अनुसार रजिस्टरवाट उतर गरी जन्म दर्ताको नकÞल दिइएको लेखी सही गरे पनि मिति लेखिएको छैन ! सचिव यादवले दिएको बयानको आधारमा प्रहरीले थप २ जनालाई अनुसन्धानको लागि हिरासतमा लिई थप कÞानूनी प्रक्रिया अगाडी बढाएको बुझिएको छ !