रौतहट/असाढ १६ गते
गौर/वालविवाह रोकथाम सम्बन्धी जिल्ला स्तरीय कार्ययोजना निर्माण कार्यशाला दुई दिने कर्मचारी मिलन केन्द्रमा भएका छन । युएनएफपिएको सहयोगमा संचालित कार्यक्रम महिला विकास कार्यालयले जिल्लामा रहेका सेवा केन्द्र, वालवालिका, प्रहरी र ६ वटा गा.वि.स.का महिलाहरुको सहभागितामा कार्यक्रम भएको छ । किशोरकिशोरीहरुको वारेमा दुई दिन सम्म युएनएफपिएका क्षेत्रिय निर्देशक जनकपुरका उषा बनियाले किशोरकिशोरीको वारेमा प्रकाश पार्नु भएको थियो । वालवालिकाहरुको धैरे जसो ठाउँमा गरिवीको कारणले काम गरिरहेको छ । जिल्लामा भई रहेका महिला हिंसालाई कम गर्न धेरै संंस्था रहे तापनि प्रगति तर्फ नभएको जनगुनासो रहेको छ । अब दिनमा यसलाई न्युनीकरण गर्न पहल गर्ने प्रतिवध्ता जनाएको छ । सो कार्यक्रम महिला विकास कार्यालय आयोजनाका अध्यक्ष एव प्रमुख सवित्रा नौपाने,युएनएफपएका भवनाथ झा,कार्यक्रम संयोजक उषा साही समेत उपस्थित रहेको थियो ।