रामएकवाल साह/रौतहट
असाढ २३ गते/गौर/ वातावरण तथा वालविकास परिषद् रौतहटले एक दिने जिल्ला स्तरीय परियोजना समीक्षा गोष्ठी कर्मचारी मिलन केन्द्र गौरमा कार्यक्रम गरेको छ । युकेआडी सर्चफर कमन ग्राउण्डको सहयोगमा संचालित कार्यक्रम जिल्लाको २५ ओटा गा.वि.स.हरुमा कार्यक्रम गर्दै आइरहेकोमा सो गा.वि.स.मा विभिन्न जातजाति अनुसार विवादहरु २१६५ मध्ये १९४८ विवाद मिलेको बाकी २१७ प्रक्रिया रहेको छ । इ.स.२००८ साल देखि जुलाई २०१७ सम्म विभिन्न किसिमका मुद्धाहरु, जग्गा, लेनदेन, घरेलु हिंसा, महिला हिंसा,कुटपिट,गालीबेइजती जस्ता मुद्धाहरु गाउँके परियोजना मार्फत समाजमा रहेका बुद्धजुवी, राजनैतिक, ठुलाबडाको रोबरमा मिलापत्र हुने गरेको कार्यक्रम संयोजक वालकृष्ण झाले बताए । यस कार्यक्रमले निम्नस्तरमा रहेका गरिव परिवारका महिला–पुरुषहरुलाई अदालत सम्म पुग्न नदिएकोले सबै क्षेत्रवाट यस संस्थालाई धन्यवाद दिइएका छन । यस कार्यक्रमका तीन वटा सझादार रहेका ECDC,रौतहट एफएम,मानडवीले विपन्न सिमाकृत, समुदायिक न्याय र सुधारका पहुच नारा साथ यस जिल्लामा आ–आफनो क्षेत्रमा काम गरिर्दै आइरहेको छन । ECDC ले का अध्यक्ष जितेन्द्र पटेलको अध्यक्षताका प्रमुख अतिथि रौतहटका माननीय न्यायधिस कृष्ण प्रसाद पौडेल,रजिस्ट्रार चिन्तामनी, अतिथि सिडिओ उद्धव वहादुर थापा, प्रहरी उपरीक्षक यज्ञ विनोद पोखरेल, वारएशोसिएशनका अध्यक्ष अन्न्त कोइराला, पुर्व अध्यक्ष रामसहाय यादब, पत्रकार महासंघका अध्यक्ष रविन्द्र साह, महिला विकास प्रमुख सवित्रा नौपान्ने, सर्चफर कमनका रौतहटको संयोजक पुनम ठाकुर, राजनैतिकदल स.स.फो.नेपालका धर्मेन्द्र पटेल, गा.वि.स.का प्रतिनिधि, संचारकर्मीहरुको सहभागिता रहेको थियो । सो कार्यक्रममा वाक्ताहरुले यस संस्था र नयायलय बिच मध्यस्ता हुनु जरुरी रहेका भनेका छन । गोष्ठीलाई स्वागत मन्तव्य परियोजनाका फोकल पर्सन धर्मेन्द्र पासवानले गर्नु भएको र कार्यक्रम प्रस्तुत वालकृष्ण झाले दुई वर्षको लागि बजेट रु.५९५९९१७ हाल सम्म खर्च रु.२०८१५४४।– क्रियाकलपामा रु.१३२२५००।– तलवमा रु.३८८१४१७।– प्रबन्ध खर्च रु.५७६०००।– अनुमगन खर्च रु.१८३००।– रहेको छ । कार्यक्रम संचालन सो परियोजना अधिवक्ता सोनेलाल पासवानले गर्नु भएका थियो ।